LISTEN LIVE RADIO

राष्ट्रपति भण्डारी कार्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने



राष्ट्रपति भण्डारी कार्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने

काठमाण्डाै १८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्यान्डकाे औपचारिक भ्रमण गर्ने भएकी छिन् ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)’ कार्यक्रममा सहभागी हुन उहाँ यही कार्तिक २१ देखि २६ गतेसम्म आइसल्यान्डकाे भ्रमणमा जानु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको तयारीबारे आज शुक्रवार परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमन्डलकाे नेतृत्व गर्दै आइसल्यान्ड भ्रमणमा जाने छिन् । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रम समेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी कात्तिक २१ गते बेलुकी ६ बजे कतार एअरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी त्यही एअरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ बजेर ३० मिनेटमा स्वदेश फर्किने छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे