तीन कम्युनिष्ट पार्टीद्धारा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव बहिष्कार



तीन कम्युनिष्ट पार्टीद्धारा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव बहिष्कार

काठमाडाैँ १७ कार्तिक । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीसहित तीन वटा कम्युनिष्ट पार्टीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बहिष्कार गर्ने भएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार विप्लव नेतृत्वको पार्टी, ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी र आहुती महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले चुनाव बहिष्कार गर्ने निर्णय गरेका हुन्।

तीन कम्युनिष्ट पार्टीको बैठक बुधबार बुद्धनगरमा बसेको र चुनाव बहिष्कार, खारेजी गर्ने निर्णय गरेको प्रकाण्डले उल्लेख गरेका छन्। कात्तिक १९ मा पत्रकार सम्मेलन गरी चुनाव बहिष्कारबारे थप जानकारी दिइने पनि उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे