शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त,



शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त,

काठमाण्डाै १७ कार्तिक । प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेपछि शीर्ष नेताहरु प्रचारप्रसारमा हिँड्न थालेका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि हिजै कैलालीको धनगढी पुग्नु भएको छ । उनले आज गृह जिल्ला डडेल्धुरा पुग्दै हुनुुहुन्छ। डडेल्धुराबाट उहाँले चुनावी आमसभाको सुरुवात गर्दै छैन् ।

देउवाले आज गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । उहाँ आउँदो आइतवारसम्म नै  गृह जिल्लामै रही सात वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

उनले भोलिबिहान नवदुर्गा गाउँपालिका–२ को खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ को बडाल, पर्सि बिहान अजयमेरु गाउँपालिका–३ को भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिका–२ को रुपाल तथा २० गते आलिताल गाउँपालिका–८ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गामा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न भोलि शुक्रवार उपत्यकाबाहिर जाँदै छन् । ओलीले भोलि सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित हुने बताइएकाे छ । प्रचण्ड पुनः केही दिन उम्मेदवार रहेको गोरखा २ मै केन्द्रित हुने माओवादी केन्द्रले जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि गृहप्रदेश मधेसमै केन्द्रित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे