जनताको स्वास्थ्यमा नेकपा बहुमत पार्टी हरदम गम्भीर रहन्छ : तिलक पुन



जनताको स्वास्थ्यमा नेकपा बहुमत पार्टी हरदम गम्भीर रहन्छ : तिलक पुन

तुलसीपुर १६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज तिलक पुनले राज्य र यसका निकायहरुको चरम लापरबाही र कमजोरीका कारण केही दिन यता तुलसीपुर रेडक्रसको ब्लड बैंकमा रगत अभाव भइ बिरामीहरुले सास्ती खेपिरहेको बताएका छन् ।

उनले अहिले सबैको ध्यानसंग चुनाबमा केन्द्रित भएको हुँदा रगत अभावमा कसैको ध्यान नपुगेकोले आफुहरुले बिरामीहरुको स्वास्थ्य उपचार सहज बनाउनका लागि रक्तदान कार्यक्रमको आयाेजना गरिएकाे बताएका छन् । रगतको अभावले छट्पटी रहेका बिरामी हस्पिटलमा छन त्यता ध्यान कसैको छैन तर दलाल संसदिय व्यवस्थाले तय गरेकाे प्रदेश -प्रतिनिधि सभाकाे कथित मंसिर ४ गतेकाे निर्वाचनमा विभिन्न आश्वासन दिएर थुप्रै युवा विद्यार्थी लाई रातदिन प्रयोग गरिएको छ त्यो केबल दलाल हरुको जितकोलागी हो जन्ताको लागि होइन भन्नेकुरा सबैले बुझ्न जरुरी भएको बताएका थिए।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत )को आयोजनामा बुधबार तुलसीपुरमा आयाेजना गरेकाे रेडक्रस सोसाइटीको ब्लड बैंकमा सम्पन्न रक्त दान कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले पार्टीले आह्वान गरेको चुनाब अवज्ञा कार्यक्रमलाई भब्य रुपले सम्पन्न गर्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्नेमा पनि जोड दिएका थिए। उनले दलाल संसदिय व्यवस्थाले तय गरेकाे प्रदेश -प्रतिनिधि सभाकाे कथित मंसिर ४ गतेकाे निर्वाचन गरिव, सर्वहारा जनताका हकहितका लागि नभई देशका शाेसक, सामन्ती, जाली, फटाहाका लागि भएकाेले दलाल संसदीय व्यवस्थाले तय गरेकाे प्रदेश -प्रतिनिधि सभाकाे कथित मंसिर ४ गतेकाे निर्वाचनलाई अवज्ञा, खारेज तथा बहिष्कार गर्ने बताए ।

आम जनताहरुकाे जीवन रक्षाकाे निर्वाचन नभई जनतालाइ लुटि खाने व्यवस्था भएकोले चुनाब मार्फत वैधानिक लुटि खाने टिम खडा हुने भएकोले चुनाबको कुनै औचित्य नभएको कुरामा जाेड दिएका थिए । साे कार्यक्रममा नेकपा बहुमतका दाङ जिल्ला संयोजक बिरेन्द्र बिक, कार्यालय सचिव अमर खड्कासहित २७ जना युवाले रक्तदान गरेको रक्तसंचार केन्द्र तुलसीपुरले जनाएको छ ।

रक्तदान गर्नेहरुमा प्रविन न्यौपाने, नविन खत्री, बिमल परियार, इन्द्रजित परियार, राजकुमार नेपाली, खुमबहादुर चन्द, मिलन बिक, प्रकाश बिक, रेखा बस्नेत, प्रेम परियार, साजन परियार, सन्देश नेपाली रहेको केन्द्रले जनाएको छ । यस्तै जीवन वली, सन्दीप सेर्पाइली, तिलक पुन मगर, आचोड ठकुरी, गोपाल सुनार, मिलन रोका, बिबेक विक, बिरेन्द्र बिक, प्रविन चौधरी, सुन्दर सुनार, राजन बिक, सुमन बिक र प्रकाश सुनार लगायतले रक्तदान गर्नुभएको रक्त संचार केन्द्र तुलसीपुरका प्रमुख नरेश चौधरीले जानकारी दिएका छन् ।

तुलसीपुर रक्तसंचार केन्द्रबाट दैनिक ६ देखि ११ युनिट सम्म रगत खपत हुने गरेको छ । संसदीय व्यवस्थाकाे बिकल्पमा बैज्ञानिक समाजबादी व्यवस्थाकाे स्थापना अपरिहार्य भइसकेको उहाँको दाबी थियो। रक्तदान कार्यक्रममा पार्टीका दाङका संयाेजक बिरेन्द्र,जिल्ला कार्यलय सदस्य क.बिराट,गणतान्त्रिक खेलकुदका केन्द्रिय सदस्य क .बिबेक तथा जिल्ला संयोजक क.सुरेश,अखिल क्रान्तिकारीकि अध्यक्ष क. निर्मला,मजदुर संगठनका अध्यक्ष क. प्रेम,युवा जनस्वयम सेवकको जिल्ला उपाध्यक्ष क.उद्द्व लगायतकाे सहभागीता रहेकाे थियाे । २८ जनाले रक्तदान गरेकाे कार्यक्रमकाे सहजीकरण पार्टीका दाङ जिल्ला कार्यालय सचिव क. अमरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे