LISTEN LIVE RADIO

उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार दिने निर्वाचन आयोगको घोषणा



उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार दिने निर्वाचन आयोगको घोषणा

काठमाण्डौ ५ कार्तिक । आउँदो चुनावका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको भिडियो बनाएर आउँदो १५ गतेभित्र पठाइसक्नुपर्ने छ । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरुलाई प्रशंसापत्र समेत प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे