LISTEN LIVE RADIO

ओलीद्वारा नागरिकसँग ४ घण्टा टेलिफाेनमा कुराकानी



ओलीद्वारा नागरिकसँग ४ घण्टा टेलिफाेनमा कुराकानी

काठमाण्डाै ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रवार नागरिकसँग झन्डै चार घण्टा टेलिफाेनमा कुराकानी गरेका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नागरिकसँग टेलिफाेनमा कुराकानी गरेका हुन् ।

नागरिकसँग भएका कुराकानीले आफू उत्साहित भएकाे पनि अध्यक्ष ओलीले बताए ।  उनीसँग कुराकानी गर्न दुई लाख नाै हजार एक सय १६ जनाले नाम टिपाएका थिए ।

अध्यक्ष ओलीले सबैसँग कुरा गर्न नपाएकाे भन्दै यसलाई निरन्तरता दिने बताएका छन् । गएकाे मङ्गलवार ओलीले फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै नागरिकसँग टेलिफाेनमा कुराकानी  गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे