टुकुचा माथि बनेका संरचना नभत्काउन उच्च अदालत पाटनकाे आदेश



टुकुचा माथि बनेका संरचना नभत्काउन उच्च अदालत पाटनकाे आदेश

ललितपुर २ असाेज । टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले अन्तरकालीन आदेश दिएको छ । काठमाण्डाै महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन थालेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले आज आइतवार आदेश जारी गरेको उच्च अदालत पाटनका रजिस्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए । अदालतले रिट दायरकर्ता र विपक्षी महानगरपालिकालाई छलफलका लागि असोज ५ गते बाेलाएको छ ।

टुकुचा मिचेर निर्माण गरेका कमलपोखरीमा रहेकाे लक्ष्मी बैंक, जय नेपाल सिनेमा हल लगायतमा डोजर चलेको थियो । ती संरचनाभित्र टुकुचा खोला भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे