राष्ट्रपति भण्डारीद्धारा संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीलाई आममाफी



राष्ट्रपति भण्डारीद्धारा संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीलाई आममाफी

काठमाण्डाै २ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले सर्वाेच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बुसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार बैठकको सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिएकी हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ बमोजिम ५ सय ८१ कैदीलाई माफी दिइएको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे