राप्तीका २१ जना गरिव तथा विपन्न परिवारलाई बाख्रा वितरण



राप्तीका २१ जना गरिव तथा विपन्न परिवारलाई बाख्रा वितरण

भालुवाङ १२ असार । दाङको राप्ती गाउँपालिकाले विभिन्न वडाका २१ जना गरिव तथा विपन्न घरपरिवारलाई निशुल्क बाख्रा वितरण गरेको छ ।

विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत व्यवसायिक बाख्रापालनमा आकर्षित गरि उनीहरूलाई आयआर्जनमा जोड्न, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले पशु शाखा मार्फत प्रतिपरिवार २ वटाका दरले ४२ वटा बाख्रा वितरण गरेको पशु शाखा प्रमुख दामाेदर आचार्यले जानकारी दिएका छन् । गाउँपालिकाले गत बैशाख महिनामा विपन्न आयआर्जन कार्यक्रममा सहभागिताको लागि लक्षित समूहबाट आवेदन आह्वान गरेको थियो । साेही कार्यक्रममा आवेदन दिई बाख्रा पालन सम्बन्धी अभिमुखीकरण तालिम समेत लिएका उनीहरूलाई साे बाख्रा वितरण गरिएको हाे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे