महाअभियोग सिफारिस समितिले बार एशोसिएशनका दुई पदाधिकारीसहित ७ जनालाई बोलायो



महाअभियोग सिफारिस समितिले बार एशोसिएशनका दुई पदाधिकारीसहित ७ जनालाई बोलायो

 काठमाडौं २९ भदौ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरुलाई छलफलका लागि बोलाएको छ । महाभियोगमाथि बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नाम लिएका कानून व्यवसायीहरुलाई समितिले छलफलका लागि डाकेको हो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार समितिले संस्थागत रुपमा नभई व्यक्तिगत रुपमा कानून व्यवसायीहरुलाई डाकेको छ । समितिले बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाललाई डाकेको हो । त्यसैगरी वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यलाई पनि समितिले बोलाएको छ । आफै निवेदन दिएर जबरामाथि जरह गर्न पाउनुपर्ने माग राखेका अधिवक्ता ओमप्रकाश अर्याललाई पनि समितिले बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे