सर्वोच्चका न्यायाधीशहरु भने महाअभियोग सिफारिस समितिमा उपस्थित नहुने



सर्वोच्चका न्यायाधीशहरु भने महाअभियोग सिफारिस समितिमा उपस्थित नहुने

काठमाडौं २९ भदौ । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित नहुने निर्णय गरेका छन् । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले महाभियोग सिफारिस समितिले बोलाएको भए पनि सहभागी हुन नसक्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले भने, ‘सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले संसदीय समितिमा बहालवाल न्यायाधीसहरु उपस्थित हुन नसक्ने निर्णय गरेको हो ।’ केही कारणहरु उल्लेख गरेर बैठकमा सहभागी हुन नसक्ने भनी सर्वोच्च अदालतको पूर्ण बैठकले निर्णय गरेको हो ।

स्वतन्त्र न्यायपालिका सम्बन्धी मूल्य र मान्यता, संवैधानिक प्रावधान, शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा बहालवाला कामु प्रधानन्यायाधीश र अरु न्यायाधीशहरु बैठकमा उपस्थित हुन नसक्ने भनी निर्णय गरेका हुन् । सर्वोच्च अदालतले पूर्ण बैठकको निर्णय प्रमाणीकरण गरेर बुधबार नै संघीय संसद सविचालयमा पत्र पठाइसकेको छ ।

आफूमाथि लागेको महाअभियोगका बारेमा सिफारिस समितिमा बयान दिन गएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केही बहालवाला न्यायाधीसहरुको नाम लिएका थिए । समितिले जबराले नाम लिएकाहरुलाई बयानमा बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे