मनसुन सक्रिय बन्दै : दाङ सहित देशभर १४ स्थानमा बाढीकाे सम्भावना



मनसुन सक्रिय बन्दै : दाङ सहित देशभर १४ स्थानमा बाढीकाे सम्भावना

दाङ १६ असार । बाढी पूर्वानुमान महाशाखाले मापन गरेको २३४ वटा स्टेसन मध्ये १४ वटा नदी स्टेसनमा पानीको सतह बढेपछि खतराको घण्टी बजेको छ । यी मध्ये नारायणी नदी अन्तर्गत वाराको निजगढमा सबैभन्दा धेरै पानी परेको छ ।

निजगढ स्थित ०९१० नम्बरको स्टेसनले मापन विहीबार विहान ७ः५० मा २१६ मिलिमिटर पानी परेको मापन गरेको छ । अन्य मध्ये यो सबैभन्दा धेरै भएकाले नारायणी नदीको उक्त क्षेत्र आसपासमा उच्चसतर्कता अपनाउन वाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

त्यसैगरी लगातारको बर्षाका कारण नारायणी नदीकै कुमाल गाउँ, पोखरा, दाङ, धुम्कउली,बल्ड्याङगढी, मलुङवा, पस्चिम राप्ती नदीको घोरही र हसनपुर, लालबकैया नदीको कोभि, कोशी नदीको सिन्धुली माडी, कर्णाली नदीको नेपालगञ्ज विमानस्थल र गण्डकी नदीको तानसेनमा भारी वर्षले पानीको वहाव उच्च हुँदा खतराको खण्टी बजेको महाशाखाको तथ्याङक छ । यी क्षेत्रहरुमा मोवाइलबाट एसएमएस र सामाजिक सञ्जाल मार्फत उच्चसर्तकता अपनाउन अनुरोध गरे सकिएको जनाएको छ ।

महाशाखाले २४ घण्टाको अवधिलाई मानेर एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर वर्षा भएमा खतराको संकेत दिने गरेको छ । समाचार गाेरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे