मतदातालाई धन्यवाद दिन मन्त्री मेटमणी चौधरी दाङ आउँदै



मतदातालाई धन्यवाद दिन मन्त्री मेटमणी चौधरी दाङ आउँदै

दाङ १६ असार । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी गृहजिल्ला दाङ आउने भएका छन् ।

मन्त्री चौधरी बिहीबार साँझ नेपालगञ्ज हुँदै देउखुरी आउने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । मन्त्री पदको शपथ लिएपछि चौधरी आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई धन्यावाद दिन आउन लागेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) दाङको पार्टी नेतृत्व, पार्टीका साथी तथा शुभेच्छुकहरूसँग पनि भेट गर्ने कार्यक्रम मन्त्री चौधरीको रहेको छ । उनले शुक्रबार बिहान दाङका स्थानीय पत्रकारहरूसँग पनि भेटघाट गर्नेछन् । चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे