आगामी तीनदिन देशभर भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह



आगामी तीनदिन देशभर भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौ  १६ असार । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

‘यो तीन दिन भारी वर्षा हुनेछ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोधचाहिँ के छ भने सबै निकायहरूलाई रेगुलर बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामाचाहिँ सतर्क भइदिनुहोला । किनकी विशेष बुलेटिन भनेकोचाहिँ हुन्छ भन्ने नै हो,’ जोशीले भने । आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे