LISTEN LIVE RADIO

‘रअ’ प्रमुख गोयलसँग भएको भेटवार्ताको विवरण सार्वजनिक गर : पूर्व राजदूत उपाध्याय



‘रअ’ प्रमुख गोयलसँग भएको भेटवार्ताको विवरण सार्वजनिक गर : पूर्व राजदूत उपाध्याय

कपिलबस्तु १४ कार्तिक । नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन, कपिलवस्तुद्धारा आयोजित पत्रकार भेटघाटमा नेता उपाध्यायले रअ प्रमुखले नेपालको अन्तररााष्ट्रिय हैसियत र कूटनीतिमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक तहको भेटघाट गर्नु गम्भीर विषय भएको टिप्पणी गरे ।

मुलुकको कार्यकारी प्रमुखले रअका एजेण्टका प्रमुख गोयलसंग भेटवार्ता गरेपछि सत्तारुढ नेकपा पार्टीभित्र र बाहिरबाट तिव्र आलोचना भइरहेको छ । यही कात्तिक ६ गते प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा आएका रअका प्रमुख सामन्तकुमार गोयलले भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे