महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई डा.शंकरनाथ योगीद्वारा नगद सहयोग



महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई डा.शंकरनाथ योगीद्वारा नगद सहयोग

ओमप्रकाश गुप्ता, भालुवाङ १४ कार्तिक । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई डा.शंकरनाथ योगीले नगद सहयोग गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका १ भालुबाङ निवासी डा. योगीले राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

आविष्कार केन्द्रलाई नेपाल सरकारबाट कुनै पनि किसिमको सहयोग नआएको र केन्द्रले अस्पतालहरुमा सहयोग गरेकाले डा. योगीले उक्त रकम सहयोग गरेका हुन् । उक्त संस्थालाई सहयोग गर्ने मनसायले नेपाल सरकारको पुर्व सचिव भिम उपाध्याय सँग आजै मेसेज मार्फत पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको खाता नं. मागेका डा. योगीले उक्त रकम पठाएका हुन् ।

डा. योगीले ओम मेडिको फार्मेसी सञ्चालन गरि स्वास्थ्य सेवा दिइरहेका छन् । उनी सरकारी स्वास्थ्य संस्थामा पुर्ण निष्ठाका साथ काम गर्नुका अलावा सामाजिक क्षेत्रमा पनि उत्तिकै सकृय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे