प्रधानमन्त्री देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम प्रदेश पुगे



प्रधानमन्त्री देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम प्रदेश पुगे

काठमाडौं ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम गएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ ।

उनी आज नेपाली सेनाको हेलिकप्टर चढेर काठमाडौंबाट सुर्खेत हुँदै दिपायल पुग्ने कार्यक्रम छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्ने छन् ।

ढुंगाडबाट डडेलधुरा सदरमुकाम पुगेर उनले खाना खानेछन् । दहस्थित सैनिक ब्यारेकमा खाना खाएर ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गर्ने जाने कार्यक्रम तय भएको छ ।

जोगबुढाबाट उनी कञ्चनपुरको महेन्द्रनगर जाने छन् । महेन्द्रनगरको सैनिक ब्यारेकमा ब्रिफिङ सुनेपछि बह्मदेवको अवलोकन गर्ने छन् । त्यहाँबाट दोधारा-चाँदनी हुँदै उनी कैलालीको धनगढी पुग्ने कार्यक्रम तय भएको छ । धनगढीबाट उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे