पहरुवा– पत्थरगढवा जोड्ने पक्की पुल भाँसियो, आवात जावत बन्द



पहरुवा– पत्थरगढवा जोड्ने पक्की पुल भाँसियो, आवात जावत बन्द

सिसहनियाँ ४ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा देखि वडा नम्बर ६ पत्थरगढवा जोड्ने दोलाई खोलामा बनाइएको पक्की पुल भाँसिएको छ । लगातरको वर्षाले मंगलवार राती आएको बाढीले पुलको पिलर भाँसिए पछि आवात जावत बन्द भएको छ ।

पुलको दक्षिण तर्फ लगाईएको होमपाइप समेत बगाएको छ । पुल भाँसिए पछि स्थानीयहरुलाई नदी वारपार गर्न कठिनाइ भएको छ । पत्थरगढवा, सगरापुर, बगरपुर, लठ्ठहवा, पहरुवा आउने जानेहरु सिसहनियाँ बजार भएर जानु पर्ने बाध्यता भएको छ । १५ मिनेटमा पत्थरगढवा पुग्नेहरुलाई घण्टौ हिडेर जानुपर्ने वा महगो भाडा तिरेर अटो प्रयोग गरी आवतजावत गर्नु परेको पत्थरगढवा गाउँ अगुवा भिमबहादुर चौधरीले बताए ।

२०५५÷०५७ साल तिर तत्कालिन सिसहनियाँ गाविस अध्यक्ष शिवा शर्माको पालामा ९ वटा पिलरले पुल बनेको छ । मोटरसाइलक र स्थानीयहरुलाई आवत जावत गर्न सो पुल बनाइएको छ ।

पुल निमार्ण भएकै बेला गुणस्तरीय मेट्रियल प्रयोग नभएकाले पुल त्यती बेला देखि नै कमजोर अवस्थामा रहेको थियो । अहिले सो पुलको रेलिङ सवै चोरी भएको छ । अन्य पिलर पनि भाँसिने अवस्थामा रहेको छ । भने पुलको छत समेत चिराचिरा परेको स्थानीयहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे