गृह मन्त्रालयद्धारा सिडिओ, सह र उपसचिव गरी १२ जना कर्मचारीको सरुवा



गृह मन्त्रालयद्धारा सिडिओ, सह र उपसचिव गरी १२ जना कर्मचारीको सरुवा

काठमाडौं १ कार्तिक । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो ।

यसैगरी गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव पदमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे