LISTEN LIVE RADIO

एसियन कप छनोटमा नेपाली महिला फुटबल टोली समूह चरणबाटै बाहिरियो



एसियन कप छनोटमा नेपाली महिला फुटबल टोली समूह चरणबाटै बाहिरियो

काठमाण्डौ ५ असाेज । एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ  ।    उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो । आजको नतिजासँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग दुई–एकले हारेको थियो । आज हङकङसँग बराबरी खेलेपछि नेपाल आउँदो वर्ष भारतमा हुने एसियन कप खेल्नबाट वञ्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे