LISTEN LIVE RADIO

काठमाण्डौ उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने



काठमाण्डौ उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने

काठमाण्डौ २६ साउन । उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ । काठमाण्डाै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो बिहीवारदेखि लागू हुने गरी थप गरेको निषेधाज्ञामा अत्यावश्यकबाहेकका नीति तथा सार्वजनिक गाडीहरू बेलुका आठ बजेपछि सञ्चालन गर्न रोक लगाएका हुन् ।

यस्तै स्थानीय ढुवानीका साधनहरू बिहान नौ बजेदेखि ११ बजेसम्म र दिउँसो चार बजेदेखि सात बजेसम्म सञ्चालन गर्न पाइने छैन ।  यस्तै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने, मन्दिरहरूमा नित्य पूजाबाहेकका गतिविधि गर्न नपाइने, सभा–सम्मेलन, पाटी प्यालेस, डान्स बार, दोहोरी, स्विमिङ पुल लगायतका ठाउँ पनि खोल्न पाइने छैन । थपिएको निषेधाज्ञा आउँदाे भदौ आठ गतेसम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे