LISTEN LIVE RADIO

लुम्बिनीका तीन सांसदकाे पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार



लुम्बिनीका तीन सांसदकाे पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

काठमाण्डाै २५ साउन । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट कारबाहीमा परेका तीन मन्त्रीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारबाहीमा परेका लुम्बिनीका तीन मन्त्रीकाे पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । लुम्बिनीमा महन्थ ठाकुर पक्षका सांसद विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई जसपाले सांसद पद खारेजीको कारबाही गरेको छ । तीनै जना सरकारमा मन्त्रीसमेत रहेका छन् ।

उनीहरूले पुनर्बहालीको माग गर्दै रिट दर्ता गराएका थिए । तर सर्वोच्चले उनीहरूलाई पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेर १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रदेश सभा सचिवालयलाई आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे