पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको अनुमान, बिहिवारदेखि भने कम पानी पर्ने सम्भावना



पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको अनुमान, बिहिवारदेखि भने कम पानी पर्ने सम्भावना

काठमाण्डौ ५ साउन । प्रदेश-१, प्रदेश-२ सहित देशका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।  मनसुनी वायुको प्रभाव पूर्वी क्षेत्रतर्फ सरिरहेकाले त्यसतर्फ धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताएका छन् ।

उहाँका अनुसार आज र भोलि नै पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ । केही दिनयता पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको थियो । आज विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पर्सि बिहिवारदेखि भने केही दिन कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे