LISTEN LIVE RADIO

कोरोना पुष्टि भएका सांसदले पनि मतदान गर्न पाउने, विशेष अधिवेशन भोलि नै अन्त्य गर्ने तयारी



कोरोना पुष्टि भएका सांसदले पनि मतदान गर्न पाउने, विशेष अधिवेशन भोलि नै अन्त्य गर्ने तयारी

काठमाण्डाै २६ बैशाख । कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएका सांसदले पनि संसदमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभाको कार्यव्यवस्था समिति बैठकले स्वास्थ्य अनुकूल भएर संसद् सचिवालयमा उपस्थित हुन सक्ने सांसदलाई मतदानमा भाग लिन दिने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएका सांसदलाई मतदानका लागि छुट्टै कोठाको व्यवस्था गर्नेसमेत उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रका सांसदलाई प्रतिपक्षको रूपमा बसाइ व्यवस्था गर्ने पनि प्रवक्ता पाण्डेले जानकारी दिए ।

कोरोना महामारीको सङ्कटलाई ध्यान दिएर प्रधानमन्त्रीले लिने अविश्वासकाे प्रस्तावबारेका सबै प्रक्रिया टुङ्ग्याएर भोलि नै विशेष अधिवेशन सक्ने पनि निर्णय भएको उहाँले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे