तुलसीपुर कारागार भित्र कैदी मृत अवस्थामा फेला



तुलसीपुर कारागार भित्र कैदी मृत अवस्थामा फेला

तुलसीपुर २६ बैशाख  । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित कारागार (सुधार गृह) भित्र एकजना कैदी मृत अवस्थामा फेला परेका छन् । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ का ४६ बर्षीय खड्ग बेढाथोकी आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन ।

२०६८ सालदेखि कतब्र्य ज्यान मुद्दामा कैद परेका बुढाथोकी आइतबार बिहान ८ बजेतिर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए । बुढाथोकी शनिवार बेलुका खाना खाएर सुतेको र बिहान उठाउँदा नउठेपछि गएर हेर्दा मृत अवस्थामा फेला परेको डिएसपी सिंहले बताए । कारागार शाखाका अनुसार उनी २०६८ साल असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा उनी जेल परेका थिए ।

बुढाथोकीमा कुनैपनि स्वास्थ्य समस्या रहेको भन्ने कुरा खुल्न अआएको डिएसपी सिंहले बताए । उनको शब पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे