सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त



सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

काठमाण्डाै ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त गरेकी छिन् । उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहनुभएका झापाका डाक्टर कुमार चुडाल र उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश रहनुभएका म्याग्दीका नहकुल सुवेदीलाई राष्ट्रपति भण्डारीले साेमवार (आज) सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति निकालेर न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले दुई न्यायाधीशलाई नियुक्त गरेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे