आज देखि नयाँ वर्ष २०७८ सुरू, शुभकामना आदानप्रदान गरी मनाइदै



आज देखि नयाँ वर्ष २०७८ सुरू, शुभकामना आदानप्रदान गरी मनाइदै

काठमाडौं १ वैशाख । आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ । गत वर्ष बन्दाबन्दीका कारण घुमफिर गर्न नपाएका नेपालीहरु यस वर्ष भने पर्यटकीय क्षेत्रमा पुगेका छन् । पोखरा, सौराहा, धुलिखेल, नगरकोट लगायतका स्थानमा नयाँ वर्ष मनाउन पुगेकाहरु देखिन्छन् ।

नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकाका मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् । यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे