प्रदेश सरकार नागरिकको विकासको आकांक्षा पूरा गर्न खम्बाका रुपमा स्थापित भएको छ: मुख्यमन्त्री पोखरेल



प्रदेश सरकार नागरिकको विकासको आकांक्षा पूरा गर्न खम्बाका रुपमा स्थापित भएको छ: मुख्यमन्त्री पोखरेल

दाङ १ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकको विकासका आकांक्षा पूरा गर्न प्रदेश सरकार महत्वपूर्ण खम्बाका रुपमा स्थापित हुन सफल भएको बताएका छन् । नयाँ वर्ष २०७८ सालको शुभकामना सन्देश दिँदै उनले शून्यबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार यतिखेर नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुगेको उल्लेख गरेका छन् ।

नागरिकका समस्या र चाहना पूरा गर्न तहगत सरकार दृढसंकल्पित रहेको भन्दै संघीयता कार्यान्वयनको तीन वर्ष पूरा हुँदै गर्दा शासन प्रणालीप्रति नागरिकको अपनत्व बढेको पोखरेलको भनाई छ । , “संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले संघीय शासन प्रणालीको व्यवहारिक अभ्यास गर्दै अघि बढिरहेका छन् । तहगत सरकारले जनताप्रति जवाफदेही र जिम्मेवार हुँदै गरेका कामले संविधान कार्यान्वयनको महत्वपूर्ण काम सहजै अघि बढिरहेको छ मुख्यमन्त्री पोखरेलले भने ।”

यस्तै उनले नागरिकलाई विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारका लागि तहगत सरकार अहोरात्र खटिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे