राप्ती गाउँपालिकामा लैङ्गिक हिंसामा परेकाको तथ्याङ संकलन, माैरीघाटमा सेफ हाउस सञ्चालन



राप्ती गाउँपालिकामा लैङ्गिक हिंसामा परेकाको तथ्याङ संकलन, माैरीघाटमा सेफ हाउस सञ्चालन
भालुवाङ २५ चैत्र । राप्ती गाउँपालिकाले लैङ्गिक हिंसामा परेका नागरिकलाई न्याय दिलाउने उदेश्यका साथ तथ्याङ लिने काम सुरु गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयुक्त पहलमा घरधुरी सर्बेक्षण मार्फत तथ्याङ लिन थालिएको हो ।
९ वटै वडामा निगरानी समुह, महिला समुहद्धारा लैङ्गिक हिंसामा परेका नागरिकको तथ्याङ लिने काम सुरु गरिएको छ । तथ्याङ लिने काम अन्तिम चरणमा पुगेको र तथ्याङ आएपछि स्थलगत रुपमा पिडितको अवस्थाको आधारमा कानुनी उपचार वा कानुनी परामर्श दिनका लागि लैङ्गिक हिंसामा परेका नागरिकको तथ्याङ लिईएको राप्ती गाउँपालिका न्यायिक समितिकी संयोजक तथा उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले जानकारी दिएकी छिन् ।
यसै बीच गाउँपालिकाले माहुरी होम संस्था संगको समन्वयमा  हिंसा पिडितहरुलाई सुरक्षित राख्न लैङ्गिक हिंसा पिडित संरक्षण सेवा केन्द्र (सेफ हाउस)  सञ्चालन गरिएको  छ । राप्ती गाउँपालिकाको वडा नम्बर ४ मौरीघाटमा सेवा केन्द्र सञ्चालनमा ल्याईएको हाे । सेवा केन्द्रको अवलोकन गर्दै उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले समाजमा हुने हिंसामा परि पिडित भएको अवस्थामा नजिकैको निगरानी समुह, वडा कार्यालय, गाउँपालिका, प्रहरी चौकीको सम्पर्कमा आउन समेत सबै पिडितहरुलाई अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे