LISTEN LIVE RADIO

जुरमुराउँदै वाइसीएल नेपाल : क्षेत्र नम्बर १ को संयोजकमा बन्जाडे र इन्चार्जमा चौधरी चयन



जुरमुराउँदै वाइसीएल नेपाल : क्षेत्र नम्बर १ को संयोजकमा बन्जाडे र इन्चार्जमा चौधरी चयन

लमही २५ चैत्र । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग वाइसीएल नेपाल निर्वाचन क्षेत्र नम्बर १ दाङको पुर्ण बैठक बुधवार देउखुरीको जखेरा तालमा सम्पन्न भएको छ ।

क्षेत्र नम्बर १ का संयोजक लोकमणी बन्जाडेको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य लुमाकान्त न्यौपाने (सागर) को प्रमुख आतिथ्यतामा पुर्ण बैठक सम्पन्न भएको हो बैठकले क्षेत्र नम्बर १ को संयोजकमा लोकमणी बन्जाडेलाई चयन गरेको छ । भने इन्चार्जमा प्रशान्त चौधरीलाई सर्वसम्मत चुनेको छ।

त्यसैगरी वाईसीएल लमही नगरपालिकाको इन्चार्जमा रविध्वज थापालाई छनोट गरेको पुर्ण बैठकले सन्दिप पान्डेलाई संयोजक बनाएको छ। देउखुरी उपत्यका अन्तर्गत ४ स्थानीय तहका युवा लगायत पार्टिका नेता कार्यकर्ता सम्मिलित बैठकले गढवा गाउँपालिकाको इन्चार्जमा ललित केएम र संयोजकमा कुसु चौधरीलाई चयन गरेको छ ।

त्यसैगरी राजपुर गाउँपालिकाको इन्चार्जमा विरेन्द्र ठेडी मगर र रामसागर यादवलाई संयोजक चुनेको छ । अन्य पदाधिकारी चयनका लागि लमही नगरपालिका र राजपुर गाउँपालिकामा बैशाख ११ गते एवं राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा बैशाख १७ गते कार्यक्रमको आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर १ ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे