लमहीको अजम्बरी सामुदायिक वनको हाता भित्र अबैध रुपमा निर्माण गरिएको टहरा हटाइने



लमहीको अजम्बरी सामुदायिक वनको हाता भित्र अबैध रुपमा निर्माण गरिएको टहरा हटाइने

लमही २३ चैत्र । लमही नगरपालिका ५ मा रहेको अजम्बरी सामुदायिक वनको हाता भित्र अबैध रुपमा निर्माण गरिएको टहरा हटाइने भएको छ । व्यपारिक टहरा बनाएर समितिले व्यापार गर्ने थाले भन्दै त्यसको चौतर्फी बिरोध भएपछि समितिले टहरा हटाउने सहमति गरेको हो ।

बन ऐन नियम बिपरित सो कार्य भएको भन्दै चौतर्फी रुपमा आलोचना हुन थालेपछि सो समस्या डिभिजनबन कार्यालय समक्ष पुगेपछि बनले चाँसो देखाएको हो । डिभिजन बनका हाकिम चरिन्द्रप्रसाद सुवेदी, बनका अध्यक्ष पवन रिजाल, पदाधिकारी सँग सहमति अनुसार समितिले टहराहरु तत्कालै हराउने निणर्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे