दाङमा पनि वायु प्रदूषण बढ्याे, प्रदूषणका कारण आँखा पिराे हुने गरेकाे स्थानीयकाे भनाई 



दाङमा पनि वायु प्रदूषण बढ्याे, प्रदूषणका कारण आँखा पिराे हुने गरेकाे स्थानीयकाे भनाई 

दाङ २३ चैत्र । दाङ सहित देशभरि वायु प्रदूषण बढेकाे छ । आइतवार देखि  दाङमा पनि वायु प्रदूषणले प्रभाव पारेकाे छ । चुरेमा दिनानुदिन आगलागी भइरहेकाले पनि प्रदुषण बढेकाे स्थानीयहरूकाे भनाइ छ । विशेष गरी लमही घाेराही सडक खण्डमा प्रदुषणले यात्रा गर्दा आँखा पिराे हुने गरेकाे स्थानीयहरू बताउँछन्र । जसका कारण  स्वासप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने जनस्वास्थ्य विज्ञले बताएका छन् ।

वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणल ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

यस्ताे समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजान समेत विज्ञहरूले अनुराेध गरेका छन्र । प्रदूषणका कारण सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे