लुम्बिनीमा दुई दिने लगानी सम्मेलन गर्ने तयारी



लुम्बिनीमा दुई दिने लगानी सम्मेलन गर्ने तयारी

बुटवल २३ चैत्र। लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश आर्थिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशभित्र लगानीका प्रशस्त सम्भावना रहेकाले यहाँ लगानी गरेर आयका साथै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको बताए ।

उनले लगानी सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्तालाई लुम्बिनी प्रदेशमा भएका अवसरको विषयमा जानकारी दिने र लगानीका लागि प्रेरित गर्ने उद्देश्य रहेको पनि जानकारी दिए । प्रदेश सरकारले गत वर्षको चैतमा आयोजना गर्ने भनेको लगानी सम्मेलन कोरोनाका कारण स्थगित गरेको थियो भने प्रदेश मन्त्रिपरिषद्को गत महिना सम्पन्न बैठकले रुपन्देहीमा लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो ।

लगानी सम्मेलनमा स्वदेशी लगानीकर्तालाई तराइमा उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्ने र विदेशी लगानी कर्तालाई पहाडमा पर्यटकीय क्षेत्रमा लगानी गर्न प्रोत्साहीत गर्ने योनजा रहेको सचिव अधिकारीले बताए । लुम्बिनी प्रदेशमा लगानीका लागि थुप्रै सम्भावित क्षेत्र रहेको र पहिले लगानीका लागि ती क्षेत्र पहिल्याउने र लगानीका लागि प्रेरित गर्ने योजना मन्त्रालयको छ ।

लगानी सम्मेलनमा निजी क्षेत्रले सम्भावित आयोजना छनोट गरेर प्रस्ताव गर्न सक्ने र विदेशी लगानीकर्तालाई पनि सम्भावित लगानीको क्षेत्र पहिचान गर्न सहयोग गरिने सचिव अधिकारीले बताए । उनले प्रदेश सरकारसँग थुपै्र आयोजना बैङ्क रहेको र ती आयोजनालाई लगानीकर्ताका बीचमा पु¥याउन लगानी सम्मेलनले पुलको काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे