LISTEN LIVE RADIO

(न्युज अपडेट) दाङमा भएकाे बस दुर्घटनाका २ मृतक र १९ घाईतेकाे नामवाली



(न्युज अपडेट) दाङमा भएकाे बस दुर्घटनाका २ मृतक र १९ घाईतेकाे नामवाली

लमही २० चैत्र दाङमा बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको तुलसीपुरबाट भालुबाङ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बसले घोराही उप महानगर पालिका वडा नम्बर ३ मसोट उकालोमा अगाडी रहेको कारलाई ठक्कर दिँदा अनियन्त्रित भई बेलुका ५ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष १९ का सहचालक अतिराम चौधरी र सैनामैना नगरपालिका वडा नम्बर १ रुपन्देही बस्ने बर्ष २८ का यादब खनालको घटना स्थलमै मृत्यु भएको हो भने अन्य २९ जना घाईते भएका छन् । घाईते हरुको लमहीका विभिन्न अस्पताल हरुमा उपचार भईरहेको छ । जसमध्य लमही अस्पतालमा ११ जना, फ्लोरेन्स हस्पिटलमा ११ जना र सिड अस्पतालमा ७ जनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जसमध्य ३ जना गम्भीर घाईते छन ।

दुर्घटनामा परि राप्ती गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षिय दिलकुमारी चौधरी, राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङखाेला निवासी २७ वर्षिय सावित्री वलि, सोही ठाउँ निवासी २ वर्षिय रोश्नी वलि, राजपुर गाउँपालिका वडा नम्बर ४ दुलहिया निवासी ४० वर्षिय फुलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ निवासी खुरेली निवासी ५१ वर्षिय तेजप्रसाद घर्ती, सोही ठाउँ निवासी ५४ वर्षिय लालमाया घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षिय अञ्जना चौधरी, सोही ठाउँ निवासी २० वर्षिय आरती कुवर, सोहि ठाउँ निवासी २० वर्षिय सितल कुवर, मोरङ निवासी घोराही व्यारेगमा कार्यरत नेपाली सेना ३६ वर्षिय खड्कबहादुर श्रेष्ठ, घोरही उपमहानगरपालिका वडा नम्बर २ रामपुर निवासी ३२ वर्षिय सुशीला पोख्रेल, सोही निवासी १२ वर्षिय सिम्बोल सुवेदी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षिय श्यामकुमारी चौधरी घाईते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर १ निवासी ४६ वर्षिय बेलपती चौधरी, सोही ठाउँ निवासी ७० वर्षिय लिलावती चौधरी, लमही नगरपालिका वडा नम्बर १ निवासी ४० वर्षिय आशा चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५४ वर्षिय सीता चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५५ वर्षिय फुजुवा चौधरी र उनकी छोरी १६ वर्षिय ववि चौधरी, लमही नगरपालिका वडा नम्बर २ निवासी ३० वर्षिय श्यामकुमारी चौधरी, लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १८ वर्षिय अनुजा चौधरी, लमही नगरपालिका वडा नम्बर ६ खैरी निवासी ६३ वर्षिय यमराज नेपाली, सोही ठाउँ निवासी ३९ वर्षिय निर्मला नेपाली, सोही ठाउँ निवासी ३२ वर्षिय सुनिता नेपाली, सोहि ठाउँ निवासी ६१ वर्षिय जंगबहादुर घर्ती, लमही नगरपालिका वडा नम्बर ६ निवासी २७ वर्षिय दिलु चौधरी, लमही नगरपालिका वडा नम्बर ७ निवासी ३८ वर्षिय चन्द्रकलि चौधरी, लमही नगरपालिका वडा नम्बर ९ निवासी ३२ वर्षिय कमल चौधरी घाइते भएका छन् । गम्भीर घाईते हरुलाई थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे