LISTEN LIVE RADIO

पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता



पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

भालुवाङ १९ चैत्र । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे निर्वाचन कार्यतालिका अनुसार बिहीबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका संयोजक सुदीप गौतमका अनुसार अध्यक्षमा घनश्याम गौतम, बसन्त गिरी र भरत केसीको उम्मेदवारी परेको छ ।

त्यस्तै उपाध्यक्षमा दाङका गणेश कुमार आचार्य सहित माधव भाट, शिवलाल सुवेदी र शुक्रऋषि चौलागाईको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा दाङका चुमा आचार्य र पुष्पा खनालको उम्मेदवारी परेको छ, भने महासचिबमा गोविन्द प्रसाद शर्मा, विक्रम खड्का, विश्वराज चौधरी र श्यामलाल पोख्रेलको उम्मेदवारी परेको हो ।

त्यस्तै सचिबमा काशीराम शर्मा, जयसिंह केसी, नरेश केसी ,तिलक गाउँले र रमेश पोखरेलको उम्मेदवारी परेको छ, भने समावेशी सचिबमा राजेन्द्र रावत, शिवकुमार सुनारको उम्मेदवारी परेको छ ।

त्यस्तै कोषाध्यक्षमा नन्दराम पौडेल, नवराज भुसाल, यमनाथ घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै खुल्ला सदस्यमा किरण विक्रम शाह, कुलराज बञ्जाडे, केशर बहादुर रोका, केशरमान बि.सी., गोपाल भण्डारी,जीवन डाँगी, देविराम बञ्जाडे, प्रेम नारायण आचार्य, भुवन कार्की, माधवराज न्यौपाने र सुनिल कुमार पोख्रेलको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला सदस्यमा पार्वती आचार्य, पार्वती बस्नेत, मिना ढकाल, सरला सुबेदी र सावित्री रसाइलीको उम्मेदवारी परेको छ, भने आदिवासी जनजाति सदस्यमा गणेश सारु, टेक बहादुर मास्की (एक), भिम प्रसाद गुरुङ, सनु थापा, दलित सदस्यमा गोविन्द बिक, चिन्ता बहादुर दर्जी र शान्ती बिकको उम्मेदवारी परेको छ ।

मधेसी सदस्यमा अंकुश कुमार श्रीवास्तव, तुलसीराम यादव, बिन्दु कुमार चौहान र राम विकास चौधरीको उम्मेदवारी परेको छ, भने अल्प संख्यकमा ओरीराम चौरसिया र मो.आरिफ अन्सारीको उम्मेदवारी परेको छ ।लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका पत्रकारहरूकाे जमघट रहेको थियो ।

विवरण सहित

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे