दाङमा आज देखि हात्तीपाइले रोगबिरुद्धको औषधी खुवाइदै



दाङमा आज देखि हात्तीपाइले रोगबिरुद्धको औषधी खुवाइदै

दाङ २० चैत्र । दाङमा आज देखि हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाइदै छ । दाङमा साढे ६ लाख बढीलाई हात्तीपाइले रोग बिरुद्धको औषधी  खुवाइने भएको छ । जिल्लाका दश पालिकामा गरि कुल ६ लाख ५५ हजार छ सय ६१ जनालाई औषधी खुवाइने भएको हो ।

बबइ गाउँपालिकाका ३२ हजार १ सय ५५, बंगलाचुली गाउँपालिकामा २८ हजार १ सय ५४, दंगिशरणमा २५ हजार ४ सय ६१, गढवा गाउँपालिकामा ४५ हजार ९ सय २३ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । त्यसैगरी घोराही उपमहानगरपालिकामा १ लाख ८८ हजार ९ सय ५० , लमही नगरपालिकामा ५७ हजार १ सय बैसठ्ठी , राजपुर गाउँपालिकामा २९ हजार ४ सय १० जनालाई औषधी खुवाइने भएको छ ।

त्यस्तै राप्ती गाउँपालिकामा ४८ हजार ६ सय ९० , शान्तीनगर गाउँपालिकामा २९ हजार ९ सय छ , तुलसीपुर उपमहानगरपालिकामा १ लाख ६९ हजार ९ सय ५० जनालाई औषधी खुवाउने लक्ष्य रहेको छ । औषधी खुवाउनका लागि ५ सय ५४ स्वास्थ्यकर्मी र ९ सय ३३ महिला स्वास्थ्य स्वयमंसेबिका परिचालन गरिने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।

स्वास्थ्य कार्यालय दाङले घोराहीमा एक कार्यक्रम गरी आज देखि आगामी ३१ गते सम्म खुवाइने बारेमा जानकारी दिएको हो । प्रमुख शाहीले साक्षर ब्यक्तिहरुले नै औषधी नखादा सरकारको हात्तीपाइले रोग उन्मुलनको लक्ष्य पुरा हुन नसकेको बताए । उनले यो रोग निबारण नभएमा भविष्यमा यो रोगले बिकराल समस्या निम्त्याउन सक्ने बताए ।

उनका अनुसार विश्व स्वास्थ्य संगठनले  यो रोग निवारण गर्न सकिने बताएपनि आम जनताले नियमित रुपमा औषधी सेवन नगरिदिदा यो अभियान लम्ब्याउनु परेको बताए । जब सम्म रोग लागेका ब्यक्तिहरु २ प्रतिशतमा झार्न सकिदैन तबसम्म हात्तीपाइले रोग निबारण गर्न नसकिने उनको भनाई छ । फोकल पर्सन कमल चन्दले औषधी खुवाउने अभियान लम्ब्याएर ११ औ चरणमा पु¥याउनु परेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे