गढवा र राजपुरमा अप्टिकल फाइबर सहितको इन्टरनेट सेवा बिस्तार हुने



गढवा र राजपुरमा अप्टिकल फाइबर सहितको इन्टरनेट सेवा बिस्तार हुने

लमही १९ चैत्र । दाङको राप्ती पारी रहेको गढवा र राजपुर गाउँपालिका क्षेत्रमा अब अप्टिकल फाईवर सहितको इन्टरनेट र टेलिफोन सेवा बिस्तार हुने भएको छ । सेवा बिस्तारका लागि नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यलयका प्रमुख संग आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको छलफलले यस्तो निर्णय गरेको प्रदेशसभा सदस्य इन्द्रजित थारुले बताए ।

दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिकाको गाेवरडिहामा जाने भएपछि र पठनपाठनमा ईन्टरनेट अनिवार्य हुनुपर्ने भएपछि सेवा बिस्तार हुने भएको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिए ।

खासगरी प्राविधिक शिक्षालयको लागि भएपनी गढवा र राजपुरका जनताले पनि प्रत्यक्ष लाभ लिन सक्ने छन् । सम्भवत दुई तीन दिन भित्रै विज्ञ टोलीले स्थलगत अध्ययन गर्ने, लागत स्टिमेट तयार गर्ने र यसै आर्थिक बर्षमा बहुबर्षिय टेन्डर प्रक्रिया मार्फत काम शुरु हुने लुम्बिनी प्रदेश सभा सदस्य थारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे