LISTEN LIVE RADIO

गढवाका किसानहरुलाई बोयर जातको बोका वितरण



गढवाका किसानहरुलाई बोयर जातको बोका वितरण

गढवा १४ चैत्र । गढवा गाउँपालिका पशुसेवा शाखाले गढवा गाउँपालिकाका आठ वटै बडाका एक–एक जना किसानहरुलाई नश्ल सुधारका लागि ७५ प्रतिशत उन्नत बोयर जातको बोका निशुल्क वितरण गरेको छ । पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा शनिवार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि बोयर जातको बोका वितरण गरिएको हो ।

किसानहरुका लागि उन्नत पशुपालन प्रबर्धन गर्न र नश्ल सुधार गरि उत्पादनमा आधुनिकता ल्याउन गाउँपालिकाले हरेक वडामा उन्नत जातका बोका वितरण गरेको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने । कृषिलाई आधुनिकीकरण गर्न र उन्नत पशुपालनलाई प्रोत्साहन गर्न गाउँपालिकाले यो अभियान संचालन गरेको यादवले बताए । कार्यक्रमको सहजीकरण पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे