LISTEN LIVE RADIO

पत्रकार महासंघको निर्बाचनमा देउखुरीका पत्रकारहरु साँझा धारणा बनाएर अघि बढ्ने



पत्रकार महासंघको निर्बाचनमा देउखुरीका पत्रकारहरु साँझा धारणा बनाएर अघि बढ्ने

लमही १४ चैत्र । देउखुरी क्षेत्रका क्रियाशील सञ्चारकर्मीहरु बीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शनिवार घोराही उपमहानगरपालिका २ मैनेमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको अध्यक्षता तथा नागरिक समाज देउखुरीका निर्बतमान संयोजक निमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अबसरमा बोल्ने बक्ताहरुले फेरिएको देउखुरी क्षेत्रको परिचय सँगै पत्रकारहरुको कार्यक्षेत्र पनि फराकिलो बन्दै गएकोले देउखुरीका पत्रकारहरु साँझा बिषयमा एक भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । देउखुरीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी भएसँगै पत्रकारहरुको कार्य क्षेत्रको दायरा पनि फराकिलो बन्दै गएकोले सोही अनुसार पत्रकार स्वयमले आफ्नो क्षमता अभिबृद्धि गर्नुपर्नेमा बक्ताहरुको जोड थियो ।

नेपाल पत्रकार महासंघको आसन्न निर्बाचनको बिषयमा देउखुरी क्षेत्रका पत्रकारहरु साँझा धारणा बनाएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य दशरथ घिमिरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमा बोल्दै प्रमुख अतिथि निमबहादुर थापाले देउखुरीको समग्र बिकासका लागि पत्रकारीता क्षेत्रको थप बिकास हुन आबश्यक रहेको बिचार ब्यक्त गरेका थिए ।

उनले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा हुनु सुखद पक्ष भएकोले पत्रकारहरुले सोही अनुसार कलम चलाउन आबश्यक रहेकोमा जोड दिए । त्यस्तै नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजादेवी न्यौपानेले राष्ट्रलाई सहि दिशाबोध गर्न पत्रकारहरुको भुमिका अहम भएको बताइन् ।
पुराना पत्रकार राधेश्याम गुप्ताले पत्रकारहरु बिचको भेटघाट र अन्तरक्रियाले पत्रकार बीचको समन्वयकारी भुमिकालाई थप मजबुत बनाउने बिचार ब्यक्त गरे । सो अबसरमा होलीपर्बको अबसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार दिवाकर पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे