LISTEN LIVE RADIO

गढवामा कम्प्युटर तथा प्रिण्टर मर्मत हार्डवेयर तालिम सुरु



गढवामा कम्प्युटर तथा प्रिण्टर मर्मत हार्डवेयर तालिम सुरु

गढवा १४ चैत्र । गढवा गाउँपालिका मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत गढवाका सबै वडाका २० जना युवाहरुलाई शनिवार देखि ४५ दिने कम्प्युटर तथा प्रिंण्टर मर्मत हार्डवेयर तालिम दिन सुरु गरिएको छ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना र गढवा गाउँपालिकाको सहयोगमा देउखुरी क्षेत्रमै पहिलो पल्ट कम्प्युटर हार्डवेयर तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

पुस्तकालयका अध्यक्ष गिरिराज भट्टको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै प्राविधिक सिप सिकाएर युवाहरुलाई रोजगारतर्फ उन्मुख गराउने गाउँपालिकाको लक्ष्य रहेको बताए । गाउँपालिकाको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्र्तगत २० जनालाई पलम्बर तालिम, २० जनालाई इलेक्टो«निक्स तालिम, २० जनालाई सिलाईकटाई तालिम सहित मसिन वितरण र नाका क्षेत्रका बिद्यालयहरुमा २०९ जना बिद्यार्थीहरुलाई झोला वितरण कार्यक्रम तथा पञ्चैबाजा बजाउन सिक्ने तालिम लगायतका रोजगार प्रबर्धनका सिपमुलक तालिमहरु संचालन गरेको कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सिफरिस तथा कार्यान्वयन समितिका सदस्य मधा न्यौपाने, पत्रकार शिबराज पन्थी तथा पुस्तकालय ब्यवस्थापन समितिका राजेन्द्र खड्का लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे