LISTEN LIVE RADIO

राप्ती उद्योग वाणिज्य संघको मतदान सकियो, मतगणना  पनि सरू



राप्ती उद्योग वाणिज्य संघको मतदान सकियो, मतगणना  पनि सरू

भालुवाङ १४ चैत्र । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको नयाँ नेतृत्वका लागि भएको मतदान  सकिएको छ । 

कुल ६ सय ९८ मतदाताहरु मध्ये कुल ५६८ मत खसेको निर्वाचन समितिका संयोजक टोपबहादुर झाँक्रीले जानकारी दिएका छन् । मतदाताहरू लामो समयपछि मतदान गर्न पाउँदा उत्साहित भएका थिए । मतदान सकिए लगत्तै मतगणना पनि सुरू भइसकेको निर्वाचन समितिले बताएको छ ।

निर्वाचनमा संयुक्त व्यवसायीक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका सुरज खडका, उपाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रेमबहादुर केसी र सदस्य पदहरुमा उम्मेदवारी दिएका कृष्णराज पौडेल, विष्णुप्रसाद पाण्डे, घमानसिंह रावत, रोशन चौधरी र चम्फा भुसाल तथा स्वतन्त्र व्यवसायीक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका टोपबहादुर कार्की र सदस्य पदहरुमा उम्मेदवारी दिएका प्रेमबहादुर जिसी, गोमा विष्ट, भुमी गुरुङ बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनका लागि यस अघि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पुष्पा पौडेल, महासचिव पदमा उम्मेदवारी दिएका बसन्तबहादुर आचार्य (क्षेत्री) र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका युद्धबहादुर भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि संयुक्त व्यवसायीक प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका बावुराम थापा, महासचिबमा उम्मेदवारी दिएका नारायणप्रसाद शर्मा, कोषाध्यक्षमा उम्मेदवारी दिएका श्रीधर खत्री र सचिव पदमा उम्मेदवारी दिएका भरतमणी न्यौपाने (शर्मा) निर्बिरोध निर्वाचित भईसकेका छन् ।

मतदान स्थलमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरीहरू, सशस्त्र प्रहरीहरू सुरक्षाका लागि परिचालन भएका थिए । तर स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड गरेर मतदान गरिएको भएपनि मतदानस्थल बाहिर भने प्रशासनको सुचनालाई वेवास्त गरि भिडभाड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे