राप्ती उद्योग वाणिज्य संघको निर्वाचनका लागि मतदान जारी, खड्का र कार्कीमा कसले मार्ला बाजी



राप्ती उद्योग वाणिज्य संघको निर्वाचनका लागि मतदान जारी, खड्का र कार्कीमा कसले मार्ला बाजी

भालुवाङ १४ चैत्र । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको नयाँ नेतृत्व निर्वाचनका लागि अहिले मतदान जारी रहेको छ । यो समाचार तयार पर्दा सम्म कुल ६ सय ९८ मतदाताहरु मध्ये अहिले २५० मत खसेको निर्वाचन समितिका संयोजक टोपबहादुर झाँक्रीले जानकारी दिएका छन् ।मतदाताहरू लामो समयपछि मतदान गर्न पाउँदा उत्साहित भएका छन् । निर्वाचनमा राप्ती गाउँपालिका अध्यक्ष तथा संघका आजिवन सदस्य नुमानन्द सुवेदी, संघका पूर्व अध्यक्ष तथा राप्ती गाउँपालिका १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, संघका सस्थापक अध्यक्ष होमप्रसाद शर्मा, निर्वमान अध्यक्ष जगतप्रसाद पोख्रेल र उम्मेदवारहरूले समेत मतदान गरिसकेको निर्वाचन संयोजक झाँक्रीले जानकारी दिएका छन् । अन्य मतदाताहरुले भने मतदान गरिरहेका छन् ।मतदान स्थलमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरीहरू, सशस्त्र प्रहरीहरू सुरक्षाका लागि परिचालन भएका छन् । तर स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड गरेर मतदान गरिएको भएपनि मतदानस्थल बाहिर भने प्रशासनको सुचनालाई वेवास्त गरि भिडभाड गरिएको छ । मतदान दिउँसो २ बजे सम्पन्न हुने निर्वाचन समितिका संयोजक झार्कीले जानकारी दिएका छन् । तोकेको समय भित्र मतदान गर्न सम्पूर्ण मतदाताहरूलाई निर्वाचन समितिले आग्रह पनि गरेको छ ।
निर्वाचनका लागि यस अघि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पुष्पा पौडेल, महासचिव पदमा उम्मेदवारी दिएका बसन्तबहादुर आचार्य (क्षेत्री) र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका युद्धबहादुर भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि संयुक्त व्यवसायीक प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका बावुराम थापा, महासचिबमा उम्मेदवारी दिएका नारायणप्रसाद शर्मा, कोषाध्यक्षमा उम्मेदवारी दिएका श्रीधर खत्री र सचिव पदमा उम्मेदवारी दिएका भरतमणी न्यौपाने (शर्मा) निर्बिरोध निर्वाचित भईसकेका छन् ।यस बाहेक अव संयुक्त व्यवसायीक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका सुरज खडका, उपाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रेमबहादुर केसी र सदस्य पदहरुमा उम्मेदवारी दिएका कृष्णराज पौडेल, विष्णुप्रसाद पाण्डे, घमानसिंह रावत, रोशन चौधरी र चम्फा भुसाल तथा स्वतन्त्र व्यवसायीक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका टोपबहादुर कार्की र सदस्य पदहरुमा उम्मेदवारी दिएका प्रेमबहादुर जिसी, गोमा विष्ट, भुमी गुरुङ बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे