लमही नगरपालिकामा विवादित अधिकृत डाँगीलाई ल्याउने चलखेल सुुरु



लमही नगरपालिकामा विवादित अधिकृत डाँगीलाई ल्याउने चलखेल सुुरु

लमही १३ चैत्र । लमही नगरपालिकामा विवादित प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई पुन हाजिर गराउने चलखेल सुरु भएको छ । गत वर्ष २०७६ फागुन ६ गते देखि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डाँगीको विषयमा ठुलो विवाद भई तत्कालिन नगर कार्यपालिकाका १९ जना सदस्य मध्ये १६ जना सदस्यहरुको हस्ताक्षर तथा नगरसभाका ५० जना सदस्य मध्ये ४७ जना सदस्यहरुको हस्ताक्षर सहित नगर प्रमुखलाई ज्ञापनपत्र र संघिय मामिला तथा सामान्य पूशासन मन्त्रालयमा डेलिगेसन गई अनुरोध पत्र बुझाएर सरुवा गराएको अधिकृतलाई पुन नगरप्रमुख, उपप्रमुख तथा केहि वडा अध्यक्षहरुले सहमती दिई हाजिर गराउने चलखेल सुरु भएको खुलासा भएको छ ।विवादित अधिकृतलाई ल्याउने चलखेल सुरु भएपछि शुक्रवार नगरपालिकाका ५ जना वडा अध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरुले एक प्रेस विज्ञप्ती निकालेर विरोध जनाएका छन् । उनीहरुले डाँगीलाई हाजिर गराउने कार्यको अत्याधि विमती र विरोध रहेको वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीले बताएका छन् । यसका बिचमा पनि डाँगीलाई नगरपालिकामा हाजिर गराएमा नगरपालिकाको सम्पुर्ण बैठक बहिष्कार गर्ने र चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने चेतावनी पनि उनीहरुले दिएका छन् ।

उता लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले भने कर्मचारी जाने आउने क्रम निरन्ंतर रुपमा चलिरहन्छ भन्दै १ जना कर्मचारी ल्याउनेमा बिमति र बिरोध गर्नुको कुनै पनि औचित्य नभएको बताए । यस अघिका प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओलीले कार्य संम्पादन राम्रोसँग नगरेको भन्दै डाँगीलाई जुनकुनै हालतमा पनि हाजिर गराएर छाड्ने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे