दाङमा पुन सार्वजनिक कार्यक्रम गर्न नपाइने, सभा सम्मलेनका लागि लिएकाे अनुमती रद्द



दाङमा पुन सार्वजनिक कार्यक्रम गर्न नपाइने, सभा सम्मलेनका लागि लिएकाे अनुमती रद्द

दाङ १२ चैत्र । जिल्ला प्रशासन कार्यालय दाङले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै बिहीवार देखि नै लागु हुने गरि भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बिहीवार प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बिहीवार देखि नै लागु हुने गरि सार्वजनिक स्थानमा कुनै पनि भिडभाड नगर्न आग्रह गरेको हो ।

जसले गर्दा यसअघि सभा सम्मलेन गर्नको लागि अनुमति वा सहमति जे लिएको भएपनि अबदेखि त्यस्ता सहमति रद्द गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । नेपाल– भारत खुल्ला सीमाना क्षेत्र जिल्लामा रहेको हुँदा भारतमा पुनः कोभिड १९ को संक्रमन फैलिनु र मृत्यु दरपनि बढेको हुँदा सबैले साबधानी अपनाउन जरुरी रहेको हुँदा सभा सम्मेलन गर्न रोक लगाउनु परेको प्रअिज पौडेलले बताए । सहायक प्रमुख जिल्ला अधिकारी चिरिञ्जबी रानाले जारी गरेको सार्वजनिक सूचनामा अनिवार्य रुपमा सुरक्षित मापदण्ड अपनाउन आग्रह गरिएको छ । साबुन पानीले हात हुने, मास्क लगाउन, स्यानीटाईजर प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे