लमहीमा सहकारी व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सुरु



लमहीमा सहकारी व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सुरु

लमही १२ चैत्र । देउखुरीको लमहीमा सहकारी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम बिहीबार देखि सुरु भएको छ । जिल्ला सहकारी संघ दाङको अायाेजना तथा लमही मनकामना महिला बिकास बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा तालिम सुरु भएको हाे ।

सहकारीहरुले सहकारीको अबधारणा, मूल्य, मान्यता, नीति, नियमका बारेमा जानकारी दिने तथा अार्थिक लेखाजाेखा राख्न सक्ने बनाउनका लागि पहिलाे पटक तालिम दिन थालिएको हाे । धेरै जसाे महिलाहरुकाे उक्त तालिममा सहभागी रहेकाे छ ।

लमही नगरपालिका र राप्ती गाउँपालिकाका १५ वटा सहकारीका २ /२ जना गरि ३० जनाकाे सहभागीता रहेकाे छ । संघका अध्यक्ष गाेबिन्दप्रसाद शर्माकाे अध्यक्ष्यतामा तालिमको उद्घघाटन गरिएको हाे ।तालिमको प्रशिक्षकमा संघका अध्यक्ष शर्मा र संघका सचिब सुर्यराज भण्डारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे