LISTEN LIVE RADIO

कोलहपुर डिएसपी खनालको स्विप अपरेसनमा तस्कर समुहको भागाभाग



कोलहपुर डिएसपी खनालको स्विप अपरेसनमा तस्कर समुहको भागाभाग

कोहलपुर १२ चैत्र । ईलाका प्रहरी कार्यालय कोहलपुरले नयाँ प्रमुख पाएसंगै धमाधम अपराधकर्ममा लाग्नेहरुको संजाल भत्काउन सुरु गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी भएर रविन्द्र खनाल आएपछी एक पछी अर्को सफलता गर्दै २४ घन्टा नबित्दै पछिल्लो केही दिनमै रेड पान्डाको छाला, भालुको पित्त, कस्तुरीको बिना, गैँडाको खागको बेचबिखन तथा संगठित अपराधमा लागेकाहरुलाई पक्राउ गर्न सफल भएको छ ।

केही वर्ष यता कोहलपुर क्षेत्र यस्ता अपराधमा लागेका ब्यक्तिहरुको हब बन्दै गइरहेको थियो । केही समय यता प्रहरीले चलाएको स्विप अपरेसनमा लागुऔषध तस्कर देखि अन्तरास्ट्रिय स्तरमा कारोबार हुने दुर्लभ बन्यजन्तुका अंगहरुका तस्करहरु चोरी लुटपाट यौन व्यावसायि ठगी लगाएतका प्रहरी कार्यालय कोहलपुरको फन्दामा पर्न गएका छन। साथै ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरसङ सहकार्य गरेर दुर्घटना क्षेत्रमा प्रतेक स्कुल अगाडि नेपाल प्रहरी ट्राफिक प्रहरी राखेर दुर्घटना न्यूनीकरणमा निरन्तर लागेको डिएसपी खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे