कोइलाबासमा बिकास योजनाहरुको अनुगमन



कोइलाबासमा बिकास योजनाहरुको अनुगमन

कोइलाबास ११ चैत्र । गढवा गाउँपालिकाले वडा नं. ८ कोइलाबासमा निर्माण सम्पन्न भएका र निर्माणाधिन अवस्थामा रहेका बिकास योजनाहरुको अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, वडा अध्यक्ष सद्दाम सिद्दिकी, सव इनजीनियर चन्दैप्रकाश ओली र पत्रकार लगायतको टिमले योजनाहरुको अनुगमन निरिक्षण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ठेक्का र कोटेशन गरि २ पटकमा ४० लाखको बजेटमा प्रकाश कण्ट्रक्सन कम्पनी लमहीले निर्माण सम्पन्न गरेको आँखा अस्पताल र भ्याट समेतको ३६ लाखको बजेटमा निर्माण सम्पन्न गरेको भ्यूटावरको स्थलगत अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । यसै गरी कोइलाबास वडा कार्यालयबाट डाँडागाउँ जोड्ने झोलुंगे पुल, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कोइलाबासका सबैजसो भित्री सडकहरुको सोलीङ, रामजानकी मन्दिरको मर्मत लगायतका बिकास योजनाहरुको पनि अनुगमन गरिएको वडा अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिए ।

कोइलाबासमा भ्यूटावर र आँखा अस्पताल तयार भएको र उद्घाटनको चरणमा रहेको अध्यक्ष सिद्दिकीले जानकारी दिए । झोलुंगे पुलको भने निर्माण कार्य हालै सुरुवात गरिएको र अर्कोबर्ष मात्र निर्माण सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे