गढवा शान्तिपुरका अग्नी पिडितहरुलाई राहत वितरण



गढवा शान्तिपुरका अग्नी पिडितहरुलाई राहत वितरण

गढवा ११ चैत्र । गढवा होटल व्यवसायी संघले गढवाको शान्तिपुरका अग्नीपिडित ३ घर परिवारलाई बुधवार पिडितहरुको गाउँमै पुगेर खाद्यान्न राहात हस्तान्तरण गरेको छ । संघका अध्यक्ष दयाराम थापा, सचिव तिलक पुन, बरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेय, सहसचिव नारायण ओली, कोषाध्यक्ष दुखराम चौधरी र सदस्य कृष्णकुमार अधिकारी तथा सल्लाहकार शिबराज पन्थी लगायतको टोलीले गढवा ७ शान्तिपुरमा पुगी ६ हजार बराबरको खाद्यान्न पिडित परिवारलाई वितरण गरेको हो ।

गत फागुन १६ गतेका दिन गढवा ७ शान्तिपुर निवासी कर्णबहादुर राना, मिना राना र मनिराम रिजालको घर तथा गोठमा आगलागि भै ठूलो परिमाणमा क्षति भएको थियो । पिडित परिवारलाई हालसम्म गढवा गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी, गढवा उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र गढवा होटल ब्यवसायी संघ र सरस्वती आधारभूत बिद्यालय चन्दनपुरले राहात उपलब्ध गराइसकेको पिडितहरुले जानकारी दिए । पिडितहरुले पुर्नवासको ब्यवस्थापनका लागि गढवा गाउँपालिका, चन्दनपुर सामुदायिक वन लगायतका निकायहरुमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे