मानव बेचबिखन रोक्न कोइलाबासमा हेल्प डेष्क स्थापना



मानव बेचबिखन रोक्न कोइलाबासमा हेल्प डेष्क स्थापना

कोइलाबास ११ चैत्र । मानव तष्करी र बेचबिखन रोक्न दाङको कोइलाबासको बर्डर गेट सिमानामा  हेल्प डेष्क स्थापना गरिएको छ । नेपाल भारतका सिमानाका बाट भारत लगायत भारत हुँदै मुलुकमा समेत चेलीबेटी बेचबिखन हुने र मानव तष्करी समेत हुने भएकोले सो को नियन्त्रण तथा रोकथामका लागि शान्ती पुर्नस्थापना गृह नेपालले कोइलाबासमा हेल्प डेस्क निर्माण गरि कर्मचारी समेत खटाएको जनाएको छ ।

पुर्नस्थापना गृहले नेपाल भारतका सिमानाहरु कपिलवस्तुकाे कृष्णनगर, बाँकेको जमुनाहा र कञ्चनपुरको गड्डाचौकी लगायत देशका बिभिन्न बर्डरहरुमा मानव तष्करी र चेलीबेटी बेचबिखन रोकथाम गर्न हेल्प डेस्क निर्माण गरि संचालनमा ल्याएको कर्मचारी सिमा जिसीले जानकारी दिए । यसै बिच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, वडा अध्यक्ष सद्दाम सिद्दिकी र पत्रकार लगायतको टोलीले बुधवार शान्ती पुर्नस्थापना गृहले स्थापना गरि संचालनमा ल्याएको हेल्प डेस्कको अबलोकन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे