राप्ती उवासंघको निर्वाचनका लागि उम्मेदवारी दिएका चार उम्मेदवार निर्बिरोध निर्वाचित



राप्ती उवासंघको निर्वाचनका लागि उम्मेदवारी दिएका चार उम्मेदवार निर्बिरोध निर्वाचित

भालुवाङ ११ चैत्र । राप्ती उद्योग वाणिज्य संघको चैत्र १४ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवारी दिएका ३ जना उम्मेदवारले बुधवार उम्मेदवारी फिर्ता लिएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पुष्पा पौडेल, महासचिव पदमा उम्मेदवारी दिएका बसन्तबहादुर आचार्य (क्षेत्री) र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका युद्धबहादुर भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिएका उम्मेदवारहरु स्वतन्त्र व्यवसायीक प्यानलको रहेको बुझिएको छ । उनीहरुलाई जनता समाजवादी पार्टीले समर्थन गरेको थियो । स्वतन्त्र व्यवसायीक प्यानलका तीनै जनाले उम्मेदवारी फिर्ता लिएपछि संयुक्त व्यवसायीक प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका बावुराम थापा, महासचिबमा उम्मेदवारी दिएका नारायणप्रसाद शर्मा, कोषाध्यक्षमा उम्मेदवारी दिएका श्रीधर खत्री र सचिव पदमा उम्मेदवारी दिएका भरतमणी न्यौपाने (शर्मा) निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले सुचना निकालेर जानकारी गराएको छ ।

अव संयुक्त व्यवसायीक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका सुरज खडका, उपाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रेमबहादुर केसी र सदस्य पदहरुमा उम्मेदवारी दिएका कृष्णराज पौडेल, विष्णुप्रसाद पाण्डे, घमानसिंह रावत, रोशन चौधरी र चम्फा भुसाल तथा स्वतन्त्र व्यवसायीक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका टोपबहादुर कार्की र सदस्य पदहरुमा उम्मेदवारी दिएका प्रेमबहादुर जिसी, गोमा विष्ट, भुमी गुरुङ र स्वतन्त्रबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका ओमप्रकाश बुढाथोकी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे